युवामाझ लोकप्रिय हुक्काका लागि करोडौं रकम बाहिरिदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय युवापुस्ता माझ निकै लोकप्रिय हुक्काका लागी करोडौ रकम बाहिरिन थालेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा हुक्का फ्लेवरका लागि नेपालबाट ८ करोड ७८ लाख रुपैयाँ विदेश बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष उक्त रकम हुक्का आयात गर्दा बाहिरिएको हो ।

विभागको अनुसार गत वर्ष १ लाख २३२ किलो हुक्काको फ्लेवर भित्रिएको छ । यसबापत आयातकर्ताले १९ करोड ४२ हजार रुपैयाँ भन्सार राजश्व तिरेका छन् । नेपालमा विश्वका ६ वटा हुक्का भित्रिने गरेको छ ।

तीमध्ये, भारतबाट सबैभन्दा धेरै ७ करोड ९३ लाख रुपैयाँ बराबरको हुक्का फ्लेवर आयात भएको छ । यस्तै, जोर्डनबाट ७७ लाखको, चीनबाट ३ लाखको र अमेरिकाबाट २ लाखको फ्लेवर आयात भएको विभागले जानकारी दिएको छ ।

  • २४ श्रावण २०७९, मंगलवार १५:५९ प्रकाशित