प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने भएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश सदनमा पेस गर्ने लगायतको सम्भावित कार्यसूची रहेको छ ।

  • २४ श्रावण २०७९, मंगलवार ०९:४७ प्रकाशित