काठमाडौं ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । हालै भारत भ्रमणबाट फर्केका निधिले काँग्रेस पार्टीको आज बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् ।
पाँच दलीय गठबन्धनका साथै सकारमा जानका लागि पनि लोसपा तयार रहेको छ । प्रधानमन्त्री देउवाले आफू लोसपालाई सरकार तथा गठबन्धनमा ल्याउन तयार रहेको तर यो विषय गठबन्धनबाट निर्णय हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यो विषयमा छलफल हुने बताइएको छ ।














