काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।
शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएको जनाइएको छ । खड्का चिकित्सकको सल्लाहमा हिजो(आइतबार) बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।














