अङग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

केन्द्रभाग मिडिया

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति निर्धारण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गते(जनवरी १ तारिख)देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले सो मिति तय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । यो विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्र्तराष्ट्रियसँग सिधा जोडिनेछ ।

यो विमानस्थल सञ्चालनमा आए सँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्ने छ ।

झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०० हेक्टर क्षेत्रफलमा निर्माण भएको हो ।

  • २३ श्रावण २०७९, सोमबार ०९:३६ प्रकाशित