मधेस सरकारले दियो केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेस सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको ।

एक हप्तमा भित्र प्रहरी हस्तान्तरणको माग गर्दै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले एक हप्ताभित्र प्रहरीलाई हस्तान्तरण गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीसँग माग गरेका छन् ।

मन्त्री साहले प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन-पत्र बुझाउँदै निर्वाचनअगावै प्रहरी हस्तान्तरण गर्न माग गरेका हुन् ।

तोकेको सीमाभित्र प्रदेश प्रहरी समायोजन तथा हस्तान्तरण नभए शान्तिपूर्ण अहिंसात्मक विरोधका कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।

केहि दिनअगाडि मन्त्री साहले मधेस भवनमा पत्रकार सम्मेलन गरी संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । आन्दोलन गर्नुअघि उनले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएर चेतावनी दिएका छन् ।

  • २२ श्रावण २०७९, आईतवार १४:०५ प्रकाशित