पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका लागि अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका पोखरेलले आइतबार पोखरामा पात्रकार सम्मेलन गरी आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने धोषणा गरेका हुन् । पोखराकै पुरानो र निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ ।
कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्षमा पोखरेलले फड्को मारेका हुन् । पोखरेल वर्तमान कार्यसमितिमा वाणिज्यतर्फको उपाध्यक्ष छन् ।
पछिल्लो समय संघको गरिमा घटेको र त्यसलाई ध्यान दिदै संघलाइ सबै पोखरेलीको साझा घरका रुपमा विकाश गर्ने पोखरेलले पत्रकार सम्मेलनमा घोषणा गरे ।
संघ पछिल्ला वर्षहरुमा आर्थिक रुपमा कमजोर बनेकाले संघलाई पोखराको बलियो संस्थाको रुपमा पुनः स्थापपित गर्ने उनले योजना सुनाए ।
पोखरेलले हाल भएको संघको भवनलाई पनःनिर्माण गरि बहुतले भवन बनाएर व्यापारिक प्रयोजमा उपयोग गर्ने योजना रहेको बताए । साना तथा मझौला उद्योग व्यवसाय र स्टार्टअपहरुलाई व्यवसायको विकास र बृद्धि गर्ने तर्फ प्रोत्साहन गर्न व्यवापार इक्युवेसन सेन्टरको स्थापना गर्ने पोखरेलले पात्रकार सम्मेलनमा जानकारी दिए ।