रामचन्द्र लड्दै आएको क्षेत्रमा चुनाव लड्ने गोविन्दराज जोशीको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लड्दै आएका तनहुँ क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री गोविन्दराज जोशीले निर्वाचन लड्ने घोषणा गरेका छन् । जोशीले ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका हुन् ।

तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत निर्वाचनमा जोशीले वागी उम्मेवारी दिएपछि पार्टीले उनलाई निष्कासन गरेको थियो ।

जोशीले कांग्रेसले पाखा पारेका सबै नेता(कार्यकर्तालाई ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत उम्मेदवारी दिन आह्वान गरे ।

  • २२ श्रावण २०७९, आईतवार १०:३६ प्रकाशित