सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तह प्रमुख र उपप्रमुख पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।
सिद्धार्थ राजमार्ग अन्तर्गतका स्थानीय तहहरूको गोष्ठी पोखरामा सुरु भएको छ । सिद्धार्थ आर्थिक करिडोरका लागि स्थानी तहका प्रमुखहरुको मचको आयोजनामा गोष्ठी भएको हो । गोष्ठी सोमबारसम्म चल्ने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । गोष्ठीमा १६ वटा स्थानीय तह प्रमुख र उपप्रमखका साथै प्रमुख प्रशासकीय अधिकृतहरुको सभागिता छ ।

गोष्ठीमा करिडोर अन्तर्गत रहेका पालिकाहरुको अवसर र चुनौती तथा नागरिकप्रति स्थानीय सरकारको जिम्मेवारीलाई मिलान गरी आर्थिक विकासका अवसरको उच्चतम सदुपयोग गर्न र साँचो समन्वय एवं सहकार्यमा प्रतिफलको पारदर्शीरुपमा स्थानीय नागरिकसम्म पु¥याउका लागि भइरहेका प्रयास र त्यसका अनुभवको आदान प्रदान गरिनेछ ।  कार्यक्रमका अध्यक्ष एवं मेयर फोरामका अध्यक्ष सन्तोषलाल श्रेष्ठका अनुसार करिडोर क्षेत्रका स्थानीय तहमा निर्वाचित नयाँ जनप्रतिनिधिका योजनाको बारेमा जानकारी लिन र अनुभव आदान प्रदान गर्न गोष्ठी सफल हुनेछ ।

गोष्ठीमा करिडोर अन्तर्गतका पालिकामा भइरहेको विकाश निर्माण, भावी योजना र राष्ट्रिय परिस्थितका बारेमा समेत समिक्षा हुनेछ । यस क्षेत्रका सम्भावनाका विषयमा समेत विभिन्न विज्ञहरुले कायपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । गोष्ठीमा सहभागी तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गोष्ठीले करिडोरमा हुने अर्थिक विकासलाई कसरी अगाडि बढाउने भन्नेमा ठोस योजना ल्याउने अपेक्षा गरिएको बताए । उनका अनुसार गोष्ठीमा अहिलेसम्म भएका कार्यको समिक्षा गरिनेछ ।

भारतको सहयोगमा निर्मित सिद्धाथ राजमार्ग वि.सं. २०२८ मा सञ्चालन आएको थियो । पोखराबाट भारतीय सीमा सुनौलीसम्म १८० किलोमिटर लामो छ । यो अधिक घुराउरो सडक भएकाले बस, ट्रक पोखराबाट नारायणगढ हुँदै पश्चिमतीर जाने गर्दछन् । त्यसैले यो सडक चौडा गर्न आवश्यक रहेको विषयमा पनि विभिन्न समयमा आवाज उठिरहेको छ ।

 

  • २१ श्रावण २०७९, शनिबार १२:०७ प्रकाशित