शान्ति, सुरक्षा कायम गर्न समुदाय–प्रहरी एकैठाउमा हुनुपर्छ : गण्डकी प्रहरी प्रमुख जोशी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण गर्न सुमुदायको साथ अपिरिहार्य रहेको बताएका छन् । पोखरा १३ काउँखोलामा भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको उद्याटन गदैँ जोशीले समुदायसंग मिलेर काम गर्न २०५७ साल देखि सामुदायिक प्रहरी सेवा संचालनमा रहेको बताए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १३ ले स्वास्थ्य शिविरको आयोजना गरेर जनमैत्री कार्य गरेको उनको भनाई थियो ।

शान्ती सुरक्षा कायम गर्ने कुरा एउटा मात्र निकाय, व्यक्ती र पदाधिकारीको जिम्मामा राख्न थाल्यो भने हामी अगाडी बढ्न सक्दैनौँ, त्यसका लागि प्रहरीलाई समुदायको साथ अपरिहार्य छ, उनले भने । जनताको सहभागिता बिना अपराध नियन्त्रण, रोकथापा र अनुसन्धाल गर्ने क्रममा लक्ष्य प्राप्त नहुने जोहीले बताए ।

बेलायतबाट डेमोक्रेटीक पुलिसको कन्सेप्ट आएको पनि उनले उक्त अवसरमा जानकारी दिए । शान्ती सुरक्षा र विकासको कुरा संग सगै लगेन भने हाम्रो विकास हुदैन, शान्ती सुरक्षा भनेको आधारभुत कुरा हो, देशको पनि शान्ती सुरक्षा गर्ने कुरा मुख्य कुरा हो, यसैलाई ध्यानमा राखेर बेलायका रोबट पिनले समुदाय प्रहरी कार्यक्रमको विकास गरेको जोहीले बताए ।

वडाध्यक्षले वडालाई लागुऔषध मुक्त वडा बनाउने प्रतिवद्धता गरे प्रहरीले साथ दिने उनले उक्त अवसरमा प्रतिवद्धता व्यक्त गरे । यसका लागि घरघरबाट सबैको सहयोगको आवश्यकता रहेको पनि उलने बताए ।

कार्यक्रममा बोल्दै पोखरा १३ का वडाध्यक्ष किरण बरालले वडाले नियमित स्वास्थ्य शिविरको आयोजन गरेको हुदाँ शिविरमा गएर लाभ लिन आग्रह गरे । सामुदायीक सेवा केन्द्र अध्यक्ष मिरादेवी आचार्यले स्वास्थ्यनै सबैभन्दा ठुलो धन रहेको बताइन । वडानम्बर १३ मा स्वास्थ्य शिविर संचालन गर्दा बढि प्रभावकारी हुने देखेर शिविरको आयोनजा गरिएको बताइन् ।

२०६० सालमा स्थापना भएको सामुदायीक सेवा केन्द्रले लागुऔष, महिला हिंसा, आत्महत्या न्यूनिकरण, साइबर क्राइम, ट्राफिन नियमसंग सम्बन्धि सचेतनामुलक कार्यक्रम गदै आएको जानकारी दिइन् ।

ताराकुञ्ज सेकेण्डरी स्कुलमा भएको शिविरको उद्याटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द गौतम, कार्यक्रमका संयोजक बाबुराम सापकोटा, केन्द्रका सहसचिव शिव प्रसाद बराल, कोषाध्यक्ष किरण सिग्देल लगायतले बोलेका थिए ।

शिविरमा कास्की मोडेल हस्पिटलले चिकित्सक र अन्य प्राविधिक सहयोग गरेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका  एचओडी डा. लक्ष्मण बास्तोला, शैलेश गुरुङ, चुम माया पुन, सृष्टि गुरुङ, राम महत लगायतका स्वास्थ्यकर्मीको टिमले उक्त अवसरमा स्त्री रोग र जनरल तर्फको सेवा प्रादन गरेका थिए ।

  • २१ श्रावण २०७९, शनिबार ११:२१ प्रकाशित