५.३ म्याग्निच्युडको भूकम्पको धक्का, नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु

केन्द्रभाग मिडिया

काठमाडौं ।
नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर आज विहान भूकम्प गएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का नुवाकोटसहित धादिङ, काठमाडौं, ललितपुर र भक्तपुर लगायतका विभिन्न जिल्लामा महसुसर गरिएको थियो। यसअघि गत १५ साउनमा खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यस्तै ९ साउन सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • २१ श्रावण २०७९, शनिबार ०६:३० प्रकाशित