काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ । वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् ।
जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो । तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ । ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ ।














