अर्थले छलफलका लागि बोलायो सबै सचिवलाई

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्रालयले सबै मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाएको छ ।

बजेट कार्यान्वयनबारे छलफल गर्न आइतबार सबै सचिवलाई बोलाइएको अर्थमन्त्रालयका एक सहसचिवले जानकारी दिए । यसअघि अर्थले बजेट कार्यान्वयन सम्बन्धमा मन्त्रालयहरूसँग तीनपटक कार्ययोजना मागेको छ । तर, मन्त्रालयहरूले पटक-पटक ताकेता गर्दा पनि कार्ययोजना पठाउन अटेरी गर्दै आएका थिए ।

पछिल्लो पटकको ताकेतापछि १० वटा मन्त्रालयले कार्ययोजना पठाएको अर्थले जनाएको छ । मन्त्रालयका सचिवसँग बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा छलफल गरिनेछ ।

  • २० श्रावण २०७९, शुक्रबार १६:३४ प्रकाशित