काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादीलाई निगरानी गर्नुपर्ने बताएका छन् । ओलीले यी दुई पार्टी बहुत खतरनाक तत्व भएको भन्दे जे पनि गर्न सक्ने आरोप लगाए ।
शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘कांग्रेस(माओवादीले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ ।
अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए ।














