पर्वतमा अरिङ्गालले टोक्दा बुबाको मृत्यु, ६ बालबच्चाको बिचल्ली

केन्द्रभाग मिडिया

पर्वत ।

पर्वतमा अरिङ्गालको टोकाइबाट एक पुरुषको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । उनको मृत्यु हुदाँ उनका ६ छोराछोरीको बिचल्ली भएको छ ।

परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उनले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएको जनाइएको छ। आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो ।

उनको दुई छोरी र चार छोरा रहेको स्थानीयले बताएका छन् । उनको दुई श्रीमती फूलमाया र नैनकली रहेको र उनीहरुको कमाउने स्रोत नहुँदा बालबच्चाको बिचल्ली भएको हो ।

  • २० श्रावण २०७९, शुक्रबार ११:०५ प्रकाशित