पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार युके पाउण्ड र युरोको भाउ बढेको छ ।
आज पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ २४ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७० पैसा थियो।
आज एक डलरको खरिददर १२६ रुपैया ८५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।यस्तै एक युरोको खरिददर १२९ रुपैयाँ २६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।
यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०३ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४४ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।