मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी पर्नासाथ थुप्रिएको माटो, ढुङ्गा र गेग्रान बग्दै सडकमा थुप्रिने गरेकाले सडक अवरुद्ध हुने गरेको छ ।

गत सोमबारदेखि नै यो सडकखण्ड राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । पहिरोका कारण हरेक दिनजसो यात्रुले सास्ती पाउने गरेका छन् । सडकको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

  • २० श्रावण २०७९, शुक्रबार ०८:४३ प्रकाशित