वायु सेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो ।यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

  • १९ श्रावण २०७९, बिहीबार १५:३६ प्रकाशित