आगामी आइतबारदेखि दल दर्ता सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेसगैँ आगामी आइतबारदेखि दल दर्ता सुरु हुने भएको छ । चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ ।

संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ । तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने र सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् भन्ने कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्ने आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

  • १९ श्रावण २०७९, बिहीबार १४:४७ प्रकाशित