पोखरा ।
राष्ट्रिय जनमोर्जा गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले संघीयता खारेजीको निमित्त एकजुट हुन आग्रह गरेकी छन् । गण्डकी सरकारले अत्याधिक कर बढाएको सन्दर्भ जोड्दै सामाजिक संजालमा स्टाटस लेखेकी थापाले सरकारले थोपरेको कर आतंक तत्कालै बन्द गर्न माग गरेकी छन् ।
थापाले भनेकिछन्, मुल जड खोजि गरौ, हामी त्यत्तिकै बिरोधमा उत्रियका थियनौ जनतालाइ सास्ति हुने ब्यबस्था हो, म प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु कि कर आतंक तत्कालै बन्द गरियोस । आम सर्बसाधरण जनतामाझ के पनि भन्न चाहान्छु भने यो सबै आतंकको जड संघियता हो । तसर्थ यसको खारेजिका निमित्त यकजुट बनौ।
केही दिन अगाडि सवारीसाधन मा बढेको अचाकलि कर बृद्दि बिरोधको मुस्लो सेलाउन नपाउदै फेरि घरजग्गा रजिस्ट्रेसनमा ले बढेको बिषय आम सर्वसाधारण चासोको बताउदै थापाले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको बिधेयकमा पनि यसरी बढेको कर सहि नभयको यसलाई सच्चाउन पर्ने सुझाव राखेको स्मरण गरिन् ।
विशेष गरि सवारि साधन कर घरजग्गा रजिस्ट्रेसन कर समयानुकूल नभयको थापाले लेखेकी छन् । आम्दानि नभयको परिवारले अंसबन्डा गर्दा घडेरि बेच्नु पर्ने बाध्यात्मक परिस्थिति सरकारले बनायको छ ।
यसरी आकासिदो मुल्यबृद्रिको चेपुवामा परेका जनतालाई ढाडै भाच्ने गरि प्रदेश सरकारले कर बढाएको थापाले लेखेकिछन् ।