काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घटेर आए पनि नेपाल आयाल निगमले भने मूल्य घटाउन नसकिने बताएको छ ।
भारतबाट फेरि पनि पेट्रोलको भाउ घटेर आएपछि सर्वसाधरणले अब पेट्रोलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि यहाँ घटाउन नसकिने भन्दै हिजो(वुधबार)सूचना जारी गरेको हो ।
निगमले सूचना जारी गर्दै नेपाललाई पेट्रोलियम पदार्थमा हाल मासिक १ अर्ब २७ करोड घाटा रहेको जनाउँदै मूल्य घटाउन सक्ने स्थिति नरहेको बताएको हो ।
निगमले बाध्यात्मक रुपमा मूल्य यथावत राख्नुपर्ने अवस्था रहेको जनाएको छ ।भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।