पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । हिजो घटेको डलरको भाउ आज भने बढेको हो ।
आज एक डलरको खरिददर १२६ रुपैया ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ रहेको छ । हिजो एक डलरको खरिददर १२५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२६ रुपैयाँ २५ पैसा रहेको थियो ।
आज पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७० पैसा छ । यस्तै एक युरोको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको छ ।
भने एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९१ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९२ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ३५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४९ पैसा रहेको छ ।