राजविराज ।
सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको ज्यान गएको छ ।
कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप-६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा-बुहारी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरीको अनुसार सात महिनाकी गर्भवती अन्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।
अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।














