ठूलो मात्राको ड्रग्ससहित २२ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरीले काठमाडौंको छुट्टाछुट्टै स्थानबाट ठुलोमात्रामा प्रतिबन्धित लागू औषध(ड्रग्स)सहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो ।

बरामद गरिएको लागूऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ ।

  • १८ श्रावण २०७९, बुधबार १६:५७ प्रकाशित