नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचना : २ शंकास्पद व्यक्ति पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना पाएसँगै जहाजमा अनुसन्धान भएको छ ।

अनुसन्धानको क्रममा जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ ।

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको हो ।

नेपाल एयरलाइन्सको अनुसार नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए । श्रीमान्श्री-मतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको थियो ।अब जहाज उड्न कम्तीमा २ घण्टा लाग्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने भएको छ ।

  • १८ श्रावण २०७९, बुधबार १५:२१ प्रकाशित