पेट्रोलको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले आज सरकारविरुद्ध प्रदर्शन गरेका हो।

अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ ।

  • १८ श्रावण २०७९, बुधबार १४:३७ प्रकाशित