गठबन्धनका कारण मुलुक बिदेशी शक्तिकेन्द्रको क्रिडास्थल बन्ने खतरा बढ्यो : शंकर पोखरेल

केन्द्रभाग मिडिया

दाङ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकारको कारण मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले यस्तो तथ्य बताएका हुन् ।

‘गठबन्धनले मुलुकको परराष्ट्र नीति ध्वस्त पारेको छ, बिदेसीसामू लम्पसार पर्ने काम भएको छ, मुलुक बिदेशी शक्तिकेन्द्रहरुको क्रिडास्थल बन्ने खतरा बढेको छ,’ महासचिव पोखरेलले भने । पोखरेलले सरकार हरेक कुरामा असफल बनेको तथ्य पनि औल्याए ।

‘बर्तमान गठबन्धन सरकार न लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न अग्रसर छ, न जनताको हितमा काम गर्न सकेको छ । यो सरकारपूर्णत असफल बनेको छ । आर्थिक स्थिति नाजुक अवस्थामा पुगेको छ,’ आफ्नो गृहजिल्लामा महासचिव पोखरेलले भने ।

उनले सरकारले मुलुकको आर्थिक अवस्था पनि दयनीय अवस्थामा पुर्याएको तथ्य औल्याए । ‘एमाले नेतृत्वको सरकारले ७०–८० अर्व बचेतमा छाडेको अर्थतन्त्र एक बर्षमै पौने ३ अर्व घाटाको अवस्थामा पुगेको छ । यो सरकारले सोधानान्तर स्थिति यस्तो घाटामा पुर्याएको छ, महासचिव पोखरेलले भने, ‘पूँजीगत खर्च गर्ने मामलामा पनि सरकार अत्यन्त कमजोर छ । निश्चित ब्यक्तिहरुको स्वार्थका लागि सौदावाजी गर्ने प्रबृत्ति बढेको छ । बजेटमा निश्चित ब्यापारिक घरानाको हित देखिन्छ र जनताको पक्षमा केही भेटिदैन ।’

  • १८ श्रावण २०७९, बुधबार ११:५० प्रकाशित