कोशीको बाँध फुटेर बस्तीमा पस्यो : हजारौं परिवार जोखिममा

केन्द्रभाग मिडिया

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage

काठमाडौं ।

एका बिहानै कोशी नदीको बाँध फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु९चिलिया बस्ती पस्न थालेको हो ।
नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।

सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए ।

नदी बस्तीमा पसेपछि चार हजार बढी घरपरिवार प्रभावित हुने प्राधिकरणले जनाएको छ । सतर्क रहन सबैलाई अनुरोध गरिएको छ ।अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ ।

  • १८ श्रावण २०७९, बुधबार ०९:०७ प्रकाशित