काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव प्रमोद नेपाललाई घुस सहित पक्राउ गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाललाई आयोगका कर्मचारीले रंगेहात पक्राउ गरेका हुन् ।
आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध यस पहिले नै अख्तियारमा उजुरी परेको थियो । व्यवसाय दर्ता गर्ने क्रममा सेवाग्राहीसंग नेपालले घुस मागेको आरेप छ ।