गण्डक ब्यारेजका सबै ढोका खोलियो : ४० बढी गाउँ डुबानको जोखिममा

केन्द्रभाग मिडिया

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage

परासी ।

भारतले गण्डक ब्यारेजका सबै ढोका खोलिदिएको छ।

दुई दिनदेखि परेको वर्षाले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँँधका ३६ वटै ढोका खोलि दिएको हो।

गण्डक बाँधको ढोकाको चाँवी सधैं भारतले राख्ने गरेको छ । देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो तटीय क्षेत्रमा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो ।

पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । निरन्तरको वर्षाले नवलपरासीका ४० बढी गाउँ डुबानको उच्च जोखिममा परेको छ। नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।

प्रति सेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो । पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताए । ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ । अहिले २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने छ ।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

  • १७ श्रावण २०७९, मंगलवार १६:४८ प्रकाशित