म्याग्दी ।
म्याग्दीमा पहिरोले घर पुरिदाँ बेपत्ता भएका ३ जनाको पनि ज्यान गएको छ ।
मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता थिए । बेपत्ता भएका पनि मृत भेटिएपछि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले पुर्दा गोठे विकका छोराहरु १७ वर्षीय नवीन र १४ वर्षीय राजन विकको घटनास्थलमै मृत्यु भएको थियो ।
पहिरोमा पुरिएका छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलबार दिउँसो १२ बजेतिर झिकेका हुन् ।
पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।














