राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरणद्वारा प्रेमिकालाई मैदानमै विवाह प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं गोलरक्षक किरण चेम्जोङले फुटबल मैदानमै आफ्नी प्रेमिका कन्चन निरौलालाई विवाह प्रस्ताव राखेका छन् । माल्दिभ्समा ब्यवसायिक फुटबल खेलिरहेका किरणले धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिकालाई मैदानमै औंठी लगाईदिएर विवाह प्रस्ताव राखेका हुन् ।

एयर होस्टेज कन्चनसँग किरण लामो समयदेखि प्रेममा थिए। माल्दिभ्सको माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेल्दै आएका किरणले टोलीलाई लिग च्याम्पियन बनाउनुका साथै लिगको उत्कृष्ट गोलरक्षक उपाधि पनि जितेका थिए

सोही अवसरका उपाधिसँगै खुशी साट्न किरणले प्रेमिका कन्चनलाई मैदानमै औठी लगाइदिएका थिए । उक्त अवसरमा किरणको आमा पनि उपस्थित थिइन् । ३२ बर्षीय किरणले यसैवर्ष विवाह गर्ने बताईएको छ ।

  • १७ श्रावण २०७९, मंगलवार १२:४६ प्रकाशित