पक्राउ पुर्जीमाथि विप्लवको काउन्टर : भने,‘हातमा दही जमाएर बस्दैनौं ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका कार्यकर्तामाथि पक्राउ पुर्जी जारी भएपछि सो कदमको विरोध गरेको छ । सो पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने भन्दै चेतावनी दिएको छ ।

ललितपुर जिल्ला अदालतले पार्टी विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेको छ । ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ

पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।

थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।

  • १६ श्रावण २०७९, सोमबार १६:५८ प्रकाशित