एमाले अध्यक्ष ओली पशुपतिको गंगा आरतीमा सहभागी हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज(सोमबार) साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।

पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् ।

  • १६ श्रावण २०७९, सोमबार १५:३७ प्रकाशित