गण्डकीमा सोमबार ६७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनामा परिक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सोही समयमा २५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित सबै होम आइसोलेसनमा रहेको पनि निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ । हाल प्रदेशभर ३५५ जना संक्रमित छन् ।

 

  • १६ श्रावण २०७९, सोमबार १६:२० प्रकाशित