भारतमा भ्यान भित्र करेन्ट लाग्दा १० जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतमा भ्यानभित्र करेन्ट लाग्दा १० जनाले ज्यान गुमाएका छन् ।

पश्चिम बंगालको कूचबिहारमा आइतबार अबेर राती एक पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भ्यानमा सवार २७ मध्ये १६ जनालाई उपचारका लागि जलपाइगुडी अस्पताल रिफर गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार करेन्ट डिजे सिस्टमको वायरिङका कारण प्रवाह भएको खुल्न आएको छ । प्रहरीका अनुसार भ्यानलाई नियन्त्रणमा लिइएको छ चालक भने फरार छन् ।

  • १६ श्रावण २०७९, सोमबार ११:११ प्रकाशित