प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सुरु गर्न अनेरास्ववियुको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको भ्रातृ सङ्गठन, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गरेको छ।

सेवा आयोगले अन्तर्वार्ता सुरु गर्न माग गर्दै अनेरास्ववियुले आज आयोग कार्यालयअगाडि प्रदर्शन पनि गरेको अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले बताउनुभयो ।

त्रिवि सेवा आयोगले आइतबारदेखि अन्तर्वार्ता सुरु गर्ने भनेको थियो।

निर्धारित अन्तर्वार्ता तुरुन्त सुरु गर्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो। नेविसंघले भने त्रिवि सेवा आयोग कार्यालयमा तालाबन्दी गरिदिएको छ।

उक्त ताला खोल्न र अन्तर्वार्ता सुरु गराउन अनेरास्ववियुको माग छ।

  • १५ श्रावण २०७९, आईतवार १६:३० प्रकाशित