मुख्यमन्त्री कार्यालयअघि सुकुम्बासीले गरे सुतेर विरोध

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

जनकपुरका सुकुम्बासीले सडकमा सुतेर विरोध जनाएका छन् ।

जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका हुन् । आफुहरुको माग पुरा नभएको भन्दै मुख्यमन्त्री कार्यालय घेर्न पुगेका सुकुम्बासीलाई सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै लम्पसार परेर सुतेर विरोध जनाएका हुन् ।

सक्कली सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्बासीको नाममा वनको जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्नेलगायतका माग राखेर उनीहरू लामो समयदेखि आन्दोलित छन् ।

आन्दोलनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीको अडान छ ।

  • १५ श्रावण २०७९, आईतवार १६:२९ प्रकाशित