काठमाडौं ।
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने भएको हो। वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीले भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने जानकारी दिए ।
उनका अनुसार भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्ने छ ।














