पोखरा।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा तत्काल ठुरो धनरासी खर्च नगर्ने बताएका छन् । शाहले फोहोरको दिगो व्यवस्थापन गर्नेवारे महानगरले सोचीँ रहेको बताए । पोखरामा भएको मेयर सम्मेलनमा बोल्दै शाहले दिगो प्रभाव पर्ने काममा जुटिरहेको जानकारी गराए ।
अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए। काठमाडौंले गरेका गल्ती नदोहोर्याउन अन्य महानगरलाई उनले आग्रह गरे ।
सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख गर्दै अरु महानगरमा काठमाडौंको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्ने बताए ।
एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उनले बताए । पहिलाको नेतृत्वले महानगर विगारेको पनि आरोप लगाए । यस वर्ष महानगरको २५ अर्व बजेट दिगो विकासका लागि खर्च गरिने पनि उनले बताए ।
पैसा छ भन्दैमा खर्च गर्नु विकास नहुने उनको भनाई थियो । योजना डुब्लिकेसन हुने भएकाले काठमाडौँले प्रत्येक महिना महानगरपालिका भित्र बजेट खर्च गर्ने र काम गर्ने निकाएलाई बोलाएर बैठक राख्ने गरेको जानकारी दिए ।
यो काठमाडौँबाट अरु महानगरले पनि सिक्न सक्ने काम रहेको उनले बताए ।














