उड्डयन प्राधिकरणले भन्यो, ‘पोखरा विमानस्थलमा हामीले गर्ने काम सकियो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले यो आवमा ४१ अर्ब ८५ करोडको बजेट सार्वजनिक गरेको छ ।

बजेट सार्वजनिक गर्दै प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफ्नो तर्फबाट गर्ने काम सकिएको बताएको छ ।प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले आफ्नो तर्फबाट गर्नु पर्ने काम करिब सम्पन्न भएको बताएका हुन् ।

‘अब डाँडो कटान र ल्यान्डफिल साइटको काम बाँकी छ, यो प्राधिकरणको काममा पर्दैन, बाँकी काम सम्पन्न भयो,’ अधिकारीले भने ।प्राधिकरणको अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चालू आर्थिक वर्ष भित्र व्यवसायीक उडान सञ्चालनमा ल्याउने तयारी छ ।

  • १५ श्रावण २०७९, आईतवार १५:०२ प्रकाशित