महानगर मेयर सम्मेलन : महानगर सञ्चालन गर्न छुट्टै ऐन जारी गर्न माग (घोषणापत्रसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा सुरु भएको महानगरका मेयरहरुको सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्र्दै सम्पन्न भएको छ । शुक्रबार पोखराको सरांकोटमा सुरु सम्मेलन आइतबार सम्पन्न भएको हो ।

पत्रकार भेटघाट कार्यक्रम गरेर आज (आइतबार) घोषणा पत्र जारी गरिएको छ । मेयर सम्मेलनले आफ्नो घोषणा पत्र मार्फत स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषय क्षेत्रसंग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसंगै महानगरपालिकाहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न अनुरोध गर्नेसहित ७ बुँदे संयुक्त घोषणा पत्र जारी भएको हो ।

  • १५ श्रावण २०७९, आईतवार १०:१४ प्रकाशित