खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प : बाँकी विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

काठमाडौं ।

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार आज बिहान सवा ८ बजेको समयमा खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे बाँकी विवरण आउन बाँकी छ ।

  • १५ श्रावण २०७९, आईतवार ०९:०० प्रकाशित