शनिबार थपिए ४३८ कोरोना संक्रमित, २ जनाको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप ४३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको अपडेट सार्वजनिक गदै स्वाथ्य तथा जनसंख्या मन्त्रालयले एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

सोही समयमा २७७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणका कारण दुइजनाको निधन भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय सक्रिय देशभर संक्रमितको संख्या बढेर ४ हजार ३६९ पुगेको छ ।

  • १४ श्रावण २०७९, शनिबार १६:२६ प्रकाशित