बाल यौन दुराचारको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

केन्द्रभाग मिडिया

पाल्पा ।

बाल यौन दुराचारको आरोपमा प्रहरीले ६२ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा–५, मुझुङ् बस्ने ६२ वर्षीय सोमान सिंहलाई पक्राउ गरेको जनाएको छ ।

स्थानीय नावालिकालाई उनले बाल यौन दुराचार गरेको उजुरी परेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

  • १४ श्रावण २०७९, शनिबार १२:१९ प्रकाशित