तुरुन्त निर्वाचनको मिति घोषणा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग

केन्द्रभाग मिडिया

विराटनगर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले तुरुन्त संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका हुन् ।

अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिए । वर्तमान गठबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिए ।

  • १३ श्रावण २०७९, शुक्रबार १५:२६ प्रकाशित