पोखरा ।
अहिले गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा लगायत आसपासका जिल्ला तथा भेगमा मध्यम वर्षा भइरहेको छ । देशभर मनसुन सक्रिय बनेसँगै मौसम आंशिक देखि सामान्य बदली रही रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा पनि अहिले मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मुख्यत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राती पनि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।














