एकैदिन थपिए ७१० संक्रमित, २ को मृत्यु : गण्डकीको कुन जिल्लामा कति थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

 

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस  (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ । यसैबीच आज एकैदिन गण्डकी प्रदेशमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा सबैभन्दा धेरै ५६ जना संक्रमित थपिएका छन् ।

यस्तै बागलुङमा २०, स्याङ्जामा १२,नवलपरासी र तनहुँमा ३/३ र पर्वत र गोरखामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

  • १२ श्रावण २०७९, बिहीबार १६:३५ प्रकाशित