सन्यासी बने सिके राउत : अब राजनीतिक यात्रा के होला?

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष सिके साउत ओशो सन्यासी बनेका छन् । कुनै बेला राज्य द्रोहको मुद्धामा जेल जीवन बिताएका राउत हिजो (बुधबार) काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् ।

राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसेको जनाइएको छ। ९ दिन ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन् । सन्यासपछि राउतले नयाँ नाम ‘आनन्द मैत्रय’पाएका छन् ।

राउत सन्यासी बनेसँगै उनको राजनीतिक यात्रा अब के होला भन्ने सर्वसाधारण जनतामा चासोको विषय बनेको छ । अन्य सन्यासीहरुले घरबार ,आफन्त , गरिरहेको पेशा छाड्ने गरेको भएपनि ओशो सन्यासीले यी सबै कुरालाई छोड्न नपर्ने ओशो तपोवन व्यवस्थापनकी एक सदस्य सोभिता सिंखडाले बताएकी छिन् ।

ओशो सन्यासी भएपछि उनीहरुले आफूभित्रको इगो छोड्ने तर गरिरहेको अरु काम छाड्न नपर्ने सिंखडाले बताएकी छिन् ।सिंखडाले बताए अनुसार राउत आफ्नो राजनीतिक यात्रालाई अझ परिष्कृत र अझ राम्रोसँग अगाडि बढाउने छन् ।

  • १२ श्रावण २०७९, बिहीबार १५:०४ प्रकाशित