काठमाडौं ।
विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाउने एक चिनियाँसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी रहेका छन् । अन्य नेपाली हुन् ।
प्रहरीले उनीहरुको साथबाट ४७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६२० थान एनसेल सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।














